घरेलु कामदारको रुपमा कुवेत गएकी एक महिलाले जन्माईन् अबैध बच्चा !
कुवेत, २७ फागुन । रोजगारीको सिलसिलामा बाहिरी मुलुक जाने महिलाहरुले अबैध रुपमा गर्भवती भएर नेपाल फर्कने वा बच्चा लिएरै फर्कने गरेका थुप्रै उदाहरणहरु छन् । यसै सिलसिलामा घरेलु कामदारका रुपमा कुवेत आएकी एक नेपाली महिलाले काम गर्ने घरमै अबैध बच्चा जन्माएकी छन् ।
परियार थर भएकी ती गत फेबु्रअरीको अन्तिममा बाबुको पहिचान नभएको शिशु जन्माएकी हुन् ।
काम गर्ने घरमै सुत्केरी व्यथाले च्यापेपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलाले केहि समयभित्रै बच्चा जन्माएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएलगत्तै ति महिलालाई डिपोर्टेसन सेन्टर (जेल) पठाईएको छ ।
शिशुलाई सेल्टरमा राख्न सकिने अवस्था नभएकाले प्रहरीको सहयोगमा डिपोर्टेसन सेन्टर पठाएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
स्पोन्सरकै घरमा काम गर्ने ड्राइभरसँग अबैध सम्बन्धबाट शिशुको जन्म भएको हुन सक्ने आशंका गरिएको छ । ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन दूतावासलाई समस्या परेको जनाएको छ ।
