‘खतरो कि खिलाडी’ सिजन ९ का बिजेता बने कोरियोग्राफर तथा एक्टर पुनित

एजेन्सी, २७ फागुन । बिगत दश हप्ताको लामो रोमान्चककारी यात्रा पश्चात खतरो कि खिलाडीले अन्तत आफ्नो ९ औं सिजनको समाप्त गरेको छ । कोरियोग्राफर तथा एक्टर पुनित जे पाठक यस शोको बिजेता बन्न सफल भएका छन ।

शो जितेपश्चात पुनितले २० लाख रुपिया र अर्को एक शानदार कार आफ्नो नाममा पार्न सफल भएका छन ।

पुनितले गायक आदित्य नारायण झा र एक्ट्रेस रिद्दिमा पण्डितलाई पछि पार्दै ट्रफी आफ्नो हातमा पार्न सफल भएका हुन् ।

उनको प्रतिद्वन्दीका रुपमा आदित्य रहेका थिए तर उनको टास्कको समय कम भएकाले आदित्यलाई पछि पार्न पुनित सफल भएका हुन् ।

‘शो’ को फाइनलमा अक्षय कुमार प्रदर्शनरत चलचित्र ‘केशरी’ को प्रमोशनका निमित्त अतिथिको रुपमा उपस्थित भएका थिए । चलचित्रको स्टन्टको लागि अक्षयले शोमा एक खतरनाक स्टन्ट समेत गरेका थिए ।