१५७ जनाकाे ज्यान जाने गरी भएको इथियोपियन विमान दुर्घटनामा भाग्यले बाँचे यी नेपाली, उनि आँफैले खुलाए यसको कारण (स्टाटससहित)

काठमाडाैँ, २७ फागुन । अफ्रिकी मुलुक इथियाेपियामा आइतबार १५७ जनाकाे ज्यान जानेगरी भएकाे विमान दुर्घटनामा एकजना नेपाली भने भाग्यले बाँचेका छन् ।

टिकटमा भएको ढिलाइका कारण नेपालका जितेन्द्र जीसी भाग्यवश बाँचेको उनी आँफैले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

आइतबार इथियोपियाकाे राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त बनेकाे थियो ।

सो विमानमा ३३ देशका १ सय ४९ जना यात्री र चालक दलका ८ सदस्य रहेका थिए । विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको इथियोपिया सरकारले जनाएको छ ।

आफू मृत्युकाे मुखबाटै जाेगिएकाे अनुभूति शेयर गर्दै जिसीले आफ्नाे फेसबुकमा स्टाटस लेखेका छन् । उनले साे कार्यक्रमका लागि प्राप्त टिकटअनुसार आफू पनि साेही विमानमा हुन्थेँ भन्दै टिकटमा भएकाे ढिलाइले नेपालमै छुट्नुपरेकाे बताएका छन् ।

जिसीले स्टाटसमा लेखेका छन्, ‘म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिएँ । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिएँ- म अर्कोपटक बाँचेँ ।’

उनले आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण सुष्मा दाहाल पोख्रेललाई धन्यवाद समेत दिएका छन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै –