गोली हानि कांग्रेस कार्यकर्ताको हत्या

बुटवल, २५ फागुन । रुपन्देहीको देवदहमा गोली हानी नेपाली कांग्रेसका एक जना कार्यकर्ताको हत्या भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको हो ।

मोटरसाइकल चढेर खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अपरिचित समूहले गोली हानेको र गम्भीर घाइते भएका पुरीको देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको देवदह प्रहरी चौकीले जनाएको छ ।

उनी नेपाली कांग्रेस तथा भातृ संगठन तरुणदलका सक्रिय कार्यकर्ता रहेको बताईएको छ ।