अमेरिकाको सन फ्रन्सिस्को एयरपोर्टमा एयर इण्डियाको जहाज ल्याण्ड गर्ने बित्तिकै पाइलट पक्राउ !

सन फ्रान्सिस्को, २६ फागुन । एयर इण्डियाका पाइलटलाई विमानस्थलबाट गिरफ्तार गरिएको छ ।

भारतको दिल्लीबाट अमेरिकाको सन फ्रन्सिस्को गएको एयर इण्डियाको जहाजका पाइलटलाई जहाज ल्याण्ड गर्नासाथ यात्रुकै अगाडि विमानस्थलबाटै गिरफ्तार गरिएको हो ।

अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन (एफबीआइ)का अधिकारीहरुले विमानस्थलबाटै पक्राउ गरेका हुन् । ती पाइलटले इन्टरनेटबाट बालबालिकाको अश्लील भिडियो (चाइल्ड पोर्न कन्टेन्ट) डाउनलोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

अमेरिका पुग्नासाथ एफबीआइका अधिकारीहरुले पाइलटलाई जबरजस्ती विमानबाट ओरालेर हथकडी लगाएको बताइएको छ । एफबीआइले ती पाइलटको पासपोर्ट जफत गरेको छ र उनको भिसा पनि रद्द गरेको छ ।

एयर इण्डियाका प्रवक्ताले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । अमेरिकामा चाइल्ड पोर्नोग्राफीलाई गम्भीर अपराध मानिन्छ । यहाँ बालबालिकासँग यौनजन्य क्रियाकलाप गर्नु मात्र नभइ त्यस्ता भिडियो हेर्नु पनि अपराध मानिछ ।