‘विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक’

जितपुर, २६ फागुन। मुलुकको समृद्धिका लागि बिज्ञान र प्र्रविधको क्षेत्रमा क्रान्ति आवश्यक रहेको पूर्वशिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले बताउनुभएको छ ।

कपिलवस्तुको कपिलधाममा आज आयोजित साहित्यकार रुद्रराज पाण्डेको ११९ औंँ जन्मजयन्तीका अबसरमा उहाँको प्रतिमाको अनावरण गर्दै उहाँले यस्तो विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने जिकिर गर्नुभयोे ।

कार्यक्रममा पूर्वराजदूत दीपकुमार उपाध्यायले समाज रुपान्तरण गर्न एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा साहित्यकार पाण्डेको जन्मयन्तीका अवसरमा प्रत्येक वर्ष वितरण गरिने पुरस्कार यसवर्ष देबघाटका एक हजार आठ स्वामी ज्ञाननन्द सरस्वतीलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा अन्ट्राटिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको पनि आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा आफ्नो यात्रा र महादेशका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा साहित्यकार विष्णुराज आत्रेयले साहित्यकार पाण्डेको जीवनी र योगदानबारे प्रकाश पार्नुभएको थियो ।रासस