चीनको यो गाउँमा एक अजीवको परम्परा छ, जहाँ मृत युवतीसँग विवाह गरिन्छ !

एजेन्सी, २६ फागुन । जात, धर्म, ठाउँ बिशेष, संस्कार र संस्कृतिअनुसार विवाह फरक फरक तरिकाले गरिन्छ । तर चीनको एउटा गाउँमा बिल्कुल फरक किसिमको विवाह गर्ने प्रचलन छ जहाँ युवाहरुले मृत युवतीसँग विवाह गर्ने गर्दछन् ।

चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा चल्दै आएको छ । जहाँ अविवाहित र मृत युवकको विवाह मृत महिलासँग गरिदिने चलन छ । जसका लागि केटापक्ष उल्लेख्य रकम तिर्नका लागि पनि तयार हुन्छन् । यहाँ केही मानिसहरु महिलाको लाश चोरेर केटाको परिवारलाई बेचेर पैसा पनि कमाउने गर्छन् ।

अर्को जन्ममा कुमार मर्नु नपर्ने विश्वसका साथ यहाँ मृतक युवतीसँग विवाह गराउने चलन छ । त्यसका साथै मृत महिलाको विवाह मृत व्यक्तिसँग गरेको खण्डमा मृत महिलाको आत्मा नभड्किने विश्वास गरिन्छ ।

केही मानिस भने यदि कुनै कुमार केटा मृत्यु भएमा कुनै मृत महिलासँग उसको विवाह गर्दा उसलाई जिउँदो हुँदा नमिलेको सुख प्राप्त हुने विश्वास गरिन्छ ।