पाकिस्तानी प्रधानमन्त्री इमरान खान नोबेल पुरस्कारका लागि मनोनित

इस्लामाबाद, २६ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक अमेरिकी प्रकाशन गृहले नोबेल पुरस्कार प्राप्त गर्ने सम्भावित उम्मेदवारको रुपमा मनोनित गरेको छ ।

अमेरिकी प्रकाशन गृह ‘द क्रिस्चियन साइन्स मनिटर’ले नोबेल शान्ति पुरस्कारका लागि प्रधानमन्त्री खानलाई आफ्नो प्रारम्भिक सूचीमा समावेश गरेको हो ।

इमरानको कामलाई ‘शातिपूर्ण नेतृत्वमा सम्भवतः सबैभन्दा ठूलो आश्चर्य र संसारको लागि सबैभन्दा महत्वपूर्ण’ उल्लेख गरिएको छ ।

पाकिस्तानले पक्राउ गरेको भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई सकुशल भारत फिर्ता पठाएपछि प्रधानमन्त्री खानलाई नोबेल पुरस्कार दिनु पर्ने पाकिस्तानी संसदले माग गरेका थिए । त्यसबेलादेखि सामाजिक संजालमा इमरान खानलाई नोबेल पुरस्कार दिइनुपर्ने अभियान चलिरहेको छ ।

यद्यपि प्रधानमन्त्री इमरान आफैंल भने आफू नोबेल पुरस्कारको लागि योग्य नभएको बताएका छन् ।