भारतमा निर्वाचनको मिति आज घोषणा हुँदै, मोदी र गान्धीबीच प्रतिस्पर्धा

नयाँ दिल्ली, २६ फागुन । भारतमा हुन लागेको आम निर्वाचनका लागि आज याने कि आइतबार मतदानको मिति घोषणा हुने भएको छ ।

विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौं मतदाताले सहभागिता जनाउने छन् ।

निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

भारतको संविधान अनुसार तल्लो सदनमा ५ सय ४३ जना सांसद निर्वाचित हुनेछन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच वर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।

नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ ।