एकाबिहानै बरिष्ठ पत्रकार ऋषि धमलाको कार दुर्घटना, टिचिङ अस्पतालमा उपचार हुँदै

काठमाडौं, २६ फागुन । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् बरिष्ठ पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ ।

लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा पत्रकार धमलाको कार दुर्घटना भएको हो ।

आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको बताएकाे छ । दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ ।

मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।