मेक्सिकोमा अज्ञात समुहले गाेली चलाउँदा १४ जनाले ज्यान गुमाए

एजेन्सी, २६ फागुन । पछिल्लो समय मेक्सिकोमा आपराधिक घटना दिनानुदिन बढ्दै गइरहेको छ । यसैबीच मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का सहरमा एउटा रात्रिक्लबमा अज्ञात समूहले बन्दुक तथा ग्रिनेड आक्रमण गर्दा कम्तीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, मोन्टेरे सहरमा लागुऔषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा ७ जना शंकास्पद लागुऔषध कारोबारी र अन्य एक व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।