साप्ताहिक रासिफल हेर्नुहोस : फाल्गुन २६ गते आईतबार देखी चैत्र ०२ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

मेष रासि हुनेहरुको लागि यो साता उत्तम रहेकोछ । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोगले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । पराक्रम बढ्ने हुनाले समाजलाई बदल्ने आट तथा साहस जागेर आउँनेछ । धार्मिक तथा पर्यटकिय दृष्यहरु अवलोकन गर्नको लागी रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । हाते औजार तथा घरेलु मेसिनको प्रयोगबाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ भने आधुनिक सामानको ब्याबसायबाट मनग्गे आम्दानि हुने हुनाले मन प्रशन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)

साताको सुरु अर्थात आईतबार र सोमबारको समय मध्ययम रहेकोले अन्तको समय राम्रो रहेकोले आफन्त तथा घर परिवारलाई छोडेर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापार तथा काम गर्नेहरुले नियम संगत काम नगर्दा जरिवाना तिर्नु पर्ने हुन सक्छ । आँखामा समस्या आउँन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले धन सम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । लामो यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको ब्यापार ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । गैर सरकारि सस्था तथा बिदशि लगानिबाट सञ्चालित सस्थाहरुमा नियूक्तिको गतिलो सम्भावना रहेको छ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ । बिना कारण तनाव सिर्जना हुनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । मंगलबार बिहानदेखि पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ भने बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । लामो तथा बैदेशिक यात्राको तय हुनेछ । साताको अन्ततिर समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर आउनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आईतबार तथा सोमबारको समय मध्यमय रहेकोले आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । मंगलबराबाट समय उत्तम रहेको छ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । समाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । अधुरा कामहरु पूरा हुनेछन् भने नयाँ नयाँ कामको अवसर आउनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ । समयले साथ दिने हुदा व्यापार व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था मजभुत हुनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । अरु काममा ब्यस्त हुनुपर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । बिभिध कारणले माईति तथा चेलि बिचको सम्बन्ध चिसिन सक्छ । गलत सल्लाह दिनेहरुबाट सजक रहनु होला आर्धिक प्रलोभन देखाएर नकारात्मक निर्णयहरु गराई फाईदा लुट्न सक्छन् ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोग पाउदा काम गर्न जोस जागर बढेर आउनेछ । थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । ब्याबसायलाई बिस्तार गर्ने सवालमा रमाईलो तथा उपलब्धिमुलक यात्राको तय हुनेछ । थोरै समय दिदा पनि आम्दानि बढ्ने हुनालेअरु क्षेत्रमा लगानि गर्ने वाताबरण सिर्जना गर्न सकिनेछ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । साताको अन्त तथा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन । भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

समय राम्रो रहेकोले शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

साताको सुरु अर्थात आईतबार र सोमबारको समय मध्ययम रहेकोले समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । मंगलबारबाट माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । आफन्त तथा परिवारको साथ सहयोगले काममा हौसला जाग्नेछ भने छोराछोरिको पनि समर्थन प्राप्त हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । मंगलबार बुधबारको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन ब्याबसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा,प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ । आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु रिनो गर्न सकिने हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने अरुलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ । साताको अन्त तथा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस ।