बिक्रम बरालले छिटै अनुलाई संधैको लागि आफ्नो बनाउदै ? (भिडियो सहित)

काठमाडौँ, २५ फागुन । नेपालको पहिलो फ्रेन्चाइज सिङगिङ रियालिटि शो “नेपाल आइडल” दोस्रो सिजनका फस्ट रनरअप विक्रम बराल पछिल्लो पटक आफ्नी प्रेमिका अनु गहतराजसँगै मिडियामा आएका छन् ।

विक्रमले आफ्नी गर्लफ्रेण्डलाई अडिसनको बेलामा नै चिनाएका थिए भने यी दुई जोडीको त्यसपछि निकै नै चर्चा भएको थियो ।

दर्शकहरूले पनि यी जोडीलाई निकै रुचाएका छन् । क्यानाडा नेपालसँगको भिडियो कुराकानीमा उनीहरूले आआफ्नो कुरा साथै आफ्नो सम्बन्धको कुरा गरेका छन् भने चाँडै नै विवाह बन्धनमा पनि बाँधिने बताएका छन् । उनीहरूले अन्य थुप्रै कुराहरूको पनि यस कुराकानीको क्रममा खुलाएका छन् ।

उनीहरूसँगको भिडियो कुराकानी हेर्नुहोस् –