भ्रष्टाचार रोक्न नसकेपछि पेरुका प्रधानमन्त्रीद्वारा राजीनामा

लिमा, २५ फागुन । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले पदबाट राजीनामा दिएका छन् ।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् ।

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएका पुष्टि गरेको छ ।

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको समाचार एजेन्सीले दावी गरेको छ ।