विदेशी लाइसेन्सलाई पनि अव प्रदेशबाटै नेपालीकरण गरिने
काठमाडौँ, २५ फागुन । यातातायत विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयहरुलाई पत्राचार गरीसकेको छ ।
यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभागमा पठाउने गरेका थिए । तर अब त्यस्ता समस्या आए विभागमा नपठाई प्रदेशमै समाधान खोज्नु पर्नेछ ।
यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन ।
विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो । तर अब सबै जिम्मेबारी प्रदेशको हुने उनले बताए ।
