लमजुङका एक युवकले बाटोमा भेटेजति सवैलाई खुर्पा र चिर्पटले हान्दै हिंडेपछि …!

काठमाडौँ , २५ फागुन । गाउँका दर्जनभन्दा बढी व्यक्तिलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकका रामबहादुर विश्वकर्मा रहेका छन् ।

उनले गाउँमा भेटिएका सबैलाई चिर्पट र खुर्पा हान्दै हिँडेको भन्ने सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले नियन्त्रणमा लिई घाइतेहरुको उद्धार गरेको एक स्थानीयले जानकारी दिए ।

बिकले धारिलो हतियार प्रयोग गर्दा घाइते भएका सबैलाई उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर दुईजना गाेपाल भण्डारी, उनकी पत्नी लक्ष्मी भण्डारी र बुद्विबहादुर थापालाई उपचारका लागि काठमाडौँ रिफर गरेको बताइएको छ ।

गाउँलेलाई धारिलो हतियार प्रहार गरि भागेका बिकलाई स्थानीय र प्रहरीको सक्रियतामा घटनास्थलभन्दा केहि टाढाबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।