२०१९ नया वर्ष सुरु,यी ३ राशी भएका व्यक्तिहरुको भाग्य चम्किने

मेष राशी : मेष राशी हुने व्यक्तिहरुका लागि यस वर्ष मिश्रित फलदायक रहेको छ। आफ्नो स्वास्थ्यलाई लिएर संवेदनशील रहने हुनाले वर्षको प्रारम्भमा स्वास्थ्यसम्बन्धी लाभ हुने अवसर छन्। यस अवधिमा, तपाईँले सानातिना तनावहरूलाई त्याग्नु भयो भने तपाईँको स्वास्थ्य राम्रो रहने छ। यस वर्ष आफ्नो करियरका प्रसङ्गमा तपाईँले मिश्रित फल प्राप्त गर्नुहुनेछ। आफ्नो उत्कृष्ट प्रयासले गर्दा नै तपाईँ सफल हुनुहुने छ। तपाईँको नोकरीमा पदोन्नतिको सम्भावना छ।

मिथुन राशी : यस राशी हुने व्यक्तिहरुको स्वास्थ्य वर्षभर सामान्य रहने छ। तर वर्षको सुरुवात महिना अर्थात् जनावरीमा भने तपाई आफ्नो स्वास्थ्यप्रति सतर्क रहन आवश्यक हुन्छ। यस वर्ष तपाईको आर्थिक पक्ष सुधार हुँदै जानेछ भने ठूलो उपलब्धि हात पार्ने अवसर मिल्नेछ। व्यापार वा नोकरी दुवैमा तपाईले सोचेभन्दा बढी प्रगति हँसिल गर्न सक्नुहुने देखिन्छ।

कन्या राशी : कन्या राशी हुने व्यक्तिहरुका लागि मिश्रित लाभ हुने योग रहेको छ तर हिम्मतका साथ अगाडी बढ्नु भएमा कुनै हानी नोक्सानी व्यहोर्नु पर्नेछैन। यस वर्ष तपाईको प्रेम सम्बन्धमा भने खासै राम्रो हुने देखिदैन। नोकरी वा व्यापारको शिलशिलामा घर छोडेर टाढा जानुपर्ने भएपनि यसबाट तपाईले निकै उपलब्धि हँसिल गर्न सक्नुहुनेछ। यस वर्ष तपाईलाई विशेष गरि धार्मिक स्थलहरुमा पुग्ने अवसर प्राप्त हुनेछ।