चर्चित बलिवुड स्टार अजय देवगन र काजोलकी छोरी ‘न्यासा’ पाइन्ट नलगाई एयरपोर्ट पुगेपछि …!

एजेन्सी, २४ फागुन । फेसनको नाममा पच्नै नसकिने कपडा लगाएर सार्वजनिक स्थानमा देखा पर्ने गरेको कारण कलाकारहरु ट्रोल हुने गरेको देख्न र सुन्न पाइन्छ । यस्तै घटना पछिल्लो पटक घटेको छ, जहाँ काजोल र अजय देवगनकी छोरी न्यासा व्यापक ट्रोल भैरहेकी छिन् ।

एक एयरपोर्टमा न्यासा पुग्दा उनी क्यामरामा कैद भएकी थिइन् । अहिले त्यहि तस्विर सामाजिक संजालमा ट्रोल हुँदा भाइरल भैरहेको छ । हल्का निलो रङ्गको टी-शर्टमा न्यासा मुम्बई एयरपोर्टमा देखा परेकी थिइन् । टी-शर्ट र चप्पल मात्रै लगाएको जस्तो देखिने त्यस तस्विरमा भद्दा कमेन्टहरुको वर्षा भएको छ ।

बोल्ड देखिनको लागि न्यासाले लगाएको कपडामा उनी कुरूप देखिएको भन्दै ट्रोल शुरु भएको हो । फेसन सेन्स साइड लगाएर न्यासाले अजिव कपडा लगाएको भन्दै न्यासा माथि मजाक भैरहेको सामाजिक संजालमा देख्न सकिन्छ ।

न्यासाको फेसन सेन्स माथि मजाक गर्दै एक व्यक्ति सामाजिक संजालमा लेख्छन्,”सायदव न्यासाले पाइन्ट लगाउनै भुलिन् जस्तो छ ।”

यस्तै अर्का एक व्यक्तिले काजोललाई पनि उल्लेख गर्दै लेख्छन्,” काजोल आफ्नो छोरीलाई फेसनको मतलब सिकाइदेउ ।”