चलचित्र ‘क्याप्टेन’ ले राम्रो ब्यापार गरिरहेको बेला रिलिज गरियो चलचित्रको अर्को गीत (भिडियो सहित)


काठमाडौं, २४ फागुन । गत फागुन १७ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र क्याप्टेनले ‘सक्दिन कि बाच्न’ बोलको गीत रिलिज गरिएको छ ।

चलचित्र रिलिज भएको दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको बेला ‘सक्दिन कि बाच्न’ गित सार्वजनिक गरिएको हो ।

अर्जुन पोखरेलको संगीत र दिग्गज धउरालीको शब्द रहेको उक्त गितमा दिपा लामा र सुमन केसीको आवाज रहेको छ ।

चलचित्र क्याप्टेनमा युवा स्टार अनमोल केसीले एउटा सामान्य गाउले युवकको प्रतिनिधित्व गरेका छन् । उनले आफ्नो बाबुको सपना पुरा गर्न र देश्को नाम खेलको माध्यामबाट विश्वसामु पुर्याउन गर्ने संघर्ष गरिरहेका छन् ।

चलचित्रमा अनमोलको अलावा उपासना सिंह ठकुरी , प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतको भूमिका रहेको छ ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस
Advertisement