हत्या गरी फरार रहेका ज्ञानेन्द्र १७ वर्षपछि सुन्धाराबाट पक्राउ !

काठमाडौं, १७ पुस । हत्या अभियोग लागेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने काभ्रेपलाञ्चोक खनालथोकका जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आइतबार उनलाई सुन्धाराबाट पक्राउ गरेको हो ।

श्रेष्ठले २०५८ साल साउन ४ गते काठमाडौं महानगरपालिका–३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।