चलचित्र “सम्हालिन्छ कहिले मन”मा चर्चित नायिका पूजा शर्मासँग नायक आकाश श्रेष्ठले जोडी बाध्ने पक्का

काठमाडौँ । अहिलेका चर्चित नायिका पूजा शर्माको मुख्य भूमिका रहने फिल्म सम्हालिन्छ कहिले मन’मा नायक आकाश श्रेष्ठ फाइनल भएका छन् ।यस फिल्ममा महंगो पारिश्रमिक लिदै भारतीय मुलका तिब्बतियन गायकले यो फिल्म मार्फत नेपाली फिल्ममा डेब्यू पनि गर्ने भएका छन् । सुदर्शन थापाको लेखन तथा निर्देशनमा बन्ने यो फिल्मको छायांकन नेपाल र यूकेमा हुने छ ।

फिल्म सम्हालिन्छ कहिले मन’मा २ नायक र एक नायिका रहनेछन् ।यसैविच,यस फिल्ममा नायक, नायिका, प्राविधकको समेत यूकेको भिसा आइसकेको वुझिएको छ । फिल्मका लागि सोनम सोनम तोप्देनले एउटा गीतमा आवाज समेत दिएका छन् ।