सशस्त्र प्रहरीले माग्यो ३ हजार २ सय ९७ जना जवानहरु ! (सूचनासहित)
काठमाडौँ, २४ फागुन । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदको लागि ठूलो संख्यामा कर्मचारीको आवेदन खुला गरेको छ ।
फाल्गुन २४ गते शुक्रबार एक सूचना प्रकाशित गर्दै सशस्त्रले ३ हजार २ सय ९७ जना कर्मचारीको माग गरेको हो ।
सशस्त्रले खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाति ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरेको हो ।
दरखास्त दिन चाहनेहरुले फाल्गुन २४ गते १० बजे देखि आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति चैत्र २५ गते रहेको छ ।
थाप जानकारीको लागि सूचना हेर्नुहोस्-
