सम्राज्ञीले पहिलो पटक सामाजिक संजालमा सेयर गरिन् उनका बुवाको तस्विर !

काठमाडौं, २४ फागुन । पछिल्लो समय निकै रुचाइएकी र चर्चित अभिनेत्री हुन् सम्राज्ञी राज्य लक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले त्यसपछि ‘तिमी संग’ र ‘ए मेरो हजुर २’ जस्ता फिल्ममा काम गरिसकेकी छन् भने अहिले उनि चलचित्र ‘मारुनी’ मा ब्यस्त छिन् ।

सम्राज्ञी जति फिल्मी कुराले चर्चामा रहन्छिन् त्यति नै उनका बोल्ड स्टेटमेन्ट र प्रेम सम्बन्धका कारणले पनि मिडियामा छाउने गर्दछिन् । यस्तै उनि सामाजिक संजालमा पनि उत्तिकै एक्टिव छिन् ।

आफ्ना बोल्ड र सुन्दर तस्बिरहरु उनले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन् । केहि समय अघि बिना मेकअपको तस्बिर सार्वजनिक गरेर चर्चा कमाएकी उनले हालै आफ्नो परिवारको पुरानो तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनि उनकी आमा बाबालाई देख्न सकिन्छ । जुन तस्बिर उनले पहिलो पटक सार्बजनिक गरेकी हुन् ।

तस्बिर हेर्नुहोस्-