‘द कपिल शर्मा शो’ मा पाहुनाको रुपमा पुगिन् पूर्व मिस नेपाल निकिता चन्दक !

काठमाडौं, २४ फागुन । सन् २०१७ की मिस नेपाल निकिता चण्डक भारतको चर्चित कमेडियन “द कपिल शर्मा शो” मा पाहुनाको रुपमा प्रवेश गर्ने मौका पाएकी छिन् ।

उनले कुकुसंगको सुन्दर तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्बिर पोस्ट गर्दै उनि लेख्छिन “‘मलाई ‘द कपिल शर्मा सो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।”

थुप्रै भारतीय सेलिब्रेटीहरु सहभागी हुने उक्त शोमा आफू पनि सहभागी हुन पाएकोमा निकिता निकै खुशी देखिन्छिन् ।

एकाएक निकिता किन र कसरी पाहुना बन्न पुगिन् द कपिल शर्माको शोमा भन्ने कुरा चासोको विषय बन्न पुगेको छ ।

निकिताले यस अघि नेपाली चलचित्र रानी महलमा अभिनय गरेकी थिइन् भने बिराज भट्टको’ साङ्लो’ चलचित्रमा साइन पनि गरेकी छिन् । उक्त चलचित्र विराजकै अभिनय, निर्माण र निर्देशनमा बन्न लागेको हो ।