भारतीय कलाकारको समेत अभिनय रहेको फिल्म प्रेम लिलाको ट्रेलर सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, २४ फागुन । प्रेम, विछोड र एक्सनले भरिपूर्ण नेपाली फिल्म प्रेम लिलाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा दीपशिखा खड्का, अलि खान, मौसम खड्कासँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा दीपशिखाकै कथा तथा लेखन र पवन गौतमको छायांकन, जनक पाण्डेको निर्देशन रहेको छ । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ ।

फिल्म फागुन १० मा रिलिज गर्ने भएतापनि सरेर अहिले चैत्रको ८ गतेबाट अल नेपाल रिलिज हुदैँछ ।

ट्रेलर हेर्नुस् –