आफ्नो वडामा कम बजेट परेको भन्दै विवादमा उत्रिएका दुई वडाअध्यक्षबीच बोर्ड बैठकमै कुटाकुट !

वीरगन्ज, २४ फागुन । पर्साको पोखरिया नगरपालिकाका दुई अध्यक्षबीच नगरपालिकाको बोर्ड बैठकमै कुटाकुट भएको छ ।

पछिल्लो केही समययता वडामा समानुपातिक बजेट बाडफाँड नभएको बारेमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको हो ।

पोखरीया नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह र वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहानबीच कुटाकुट भएको समाचारमा उल्लेख गरिएको छ ।

वादविवामा रहँदै आएका उनीहरुबीच बिहीबार हात हालाहाल भएको छ । बिहीबारको बैठकमा पनि स्मार्ट सिटीका बारेमा छलफल भइरहेको अवस्थामा सहभागी वडा अध्यक्षले सो रकम वडाका लागि आएको भन्दै विवाद उत्पन्न गराएर कुटाुकछ नै गरेको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिएका छन् ।

रौनियारले आफ्नै पहलमा उनीहरुलाई मिलाउने काम एवं उनले स्मार्ट सिटीको वजेट वडाका लागि नगरका लागि आएको बताए । आफ्नो वडामा बजेट कम परेको भन्दै वडा अध्यक्षहरु विच विवाद भएको उनको भनाइ छ ।