धादिङमा जीप दुर्घटना हुँदा ९ घाइते, घाइतेको हेलिकोप्टरमार्फत उद्दार गरियो
काठमाडौँ, १७ पुस । धादिङमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
धादिङवेशीबाट दार्खा जान लागेको ना १ ज ७३९० नम्बरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । जीपमा १२ जना सवार रहेको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएको स्थानीय हरिशरण अर्यालले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।