म्यानचेस्टर युनाइटेड र पिएसजीबीचको को खेल हेर्न मिस नेपाल श्रृंखला फ्रान्स पुगिन्, सेयर गरिन् पोग्बासँग खिचेको तस्बिर !

लण्डन, २३ फागुन । मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको राउण्ड १६ अन्तर्गत म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) को खेल हेर्न फ्रान्स पुगेकी छिन् ।

नेपाल र फ्रान्सको कुटनीतिक सम्वन्ध रहेको ७० औं बार्षिकोत्सव मनाउन पेरिस पुगेको बेला श्रृंखलालाई च्याम्पियनस लिग हेर्ने अवसर पनि जुरेको हो ।

हरेक वर्ष नेपाल फ्रान्स द्धिपक्षीय सम्वन्ध कायम राख्न उपस्थित श्रृंखलाले गत विश्वकप विजेता फ्रान्सका होनहार खेलाडी तथा म्यानचेस्टर युनाइटेडका आक्रमणकारी मिडफिल्डर पोग्बा र उक्त क्लबका पूर्व चर्चित मेनेजर सर एलेक्स फर्गुसनसँग तस्विर कैद गर्दै आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा सार्वजनिक गरेकी छिन् ।