बाल्यकालमा यस्ती थिइन् जान्ह्वी, हेर्नुहोस् उनको दुर्लभ तस्बिर (तस्बिरसहित)
मुम्बइ, २३ फागुन । दिबंगत बलिउड अभिनेत्री श्रीदेवीकी सुपुत्री जाह्नवी कपुर छोटो समयमा नै बलिउडमा चर्चाको शिखरमा पुग्न सफल भएकी छिन् ।
बलिउडमा २०१८ मा फिल्म ‘धडक’ बाट डेब्यू गरेकी जाह्नवी कपुरले हिजो बुधबार आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् ।
हाल जाह्नवीले एक बायोपिक र करण जोहरको पीरियड फिल्म ‘तख्त’ मा अभिनय गरिरहेकी छन् ।
आमा श्रीदेवीको मृत्युपछि यो उनको दोस्रो जन्मदिन हो । जाह्नवीको जन्म ६ मार्च १९९७ मा भएको थियो । यसैबीच उनले आफ्नो बाल्यकालका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
उनका दुर्लभ तस्बिरहरु हेर्नुहोस्-
