मिस नेपाल शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

काठमाडौं, १७ पुस । मिस नेपाल शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छन।

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलन गरिने बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले बताउनु भयो । मिस वर्ल्डमा बिउटी विथ पर्पज र मल्टीमिडिया अवार्ड बिजेता बनेकी शृंखला टप १२ सम्म पुग्न सफल भएकी थिइन।