निर्देशक मिलन चाम्ससँगको प्रेमसम्बन्धबारे यसो भन्छिन् वर्षा शिवाकोटी !
काठमाडौँ, २३ फागुन । चलचित्र नाइ नभन्नु ल २ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका वर्षा शिवाकोटी यतिबेला निर्देशक मिलन चाम्ससंगको प्रेम सम्बन्धको हल्लाले चर्चामा छिन् ।
आफु अभिनित नयाँ चलचित्र पुरानो बुलेट प्रोमोसनमा ब्यस्त रहेकी नायिका वर्षा वीर विक्रममा पनि अनुबन्धित भएकी छिन् ।
मिलन चाम्स र बर्षा गहिरो प्रेममा रहेको र छिट्टै विवाह समेत गर्ने हल्ला सिने क्षेत्रमा नआएको होइन । यद्यपि वर्षा र मिलनले भने यस विषयमा सार्वजनिक रुपमा मुख खोलेका छैनन् ।
एक अन्तर्वार्तामा बर्षालाई गरिएको उक्त प्रश्नमा मिलन आफ्नो राम्रो अविभावक भएको र प्रेमसम्बन्ध बारे सबै हल्लाहरु झुट्टा भएको बताएकी छिन । साथै एकै चलचित्रमा संगै काम गरेपछि निर्देशक र नायिकाको नाम जोडिनु स्वाभाविक भएको भन्दै उनले यसलाई अन्यथा नलिन पनि आग्रह गरेकी छिन ।
वर्षाले आफु एउटा राम्रो टिममा हुदा फिल्मी करियरमा सुरक्षित भएको महसुस गरेको बताएकी छिन् । उनको आगामी चलचित्र पुरानो बुलेट चैत्र १ देखि देशभर प्रदर्शनमा आउदैछ ।
