सामाजिक सञ्जालमा भाइरल भयो सलमान र कट्रिनाको यो तस्बिर, आयो यस्तो प्रतिक्रिया

एजेन्सी, २३ फागुन । बलिउड चर्चित अभिनेत्री कट्रिना कैफले सलमान खानसँगको फोटो आफ्नो इन्स्टाग्राममा राखे लगत्तै रियल जोडी भएको हेर्न चाहेको प्रतिक्रिया आएको छ ।

चलचित्र ‘भारत’ को छायांकनमा ब्यस्त रहेका यी जोडीलाई रिल लाइफमा मात्र नभई रियल लाइफमा पनि सँगै देख्न चाहेको उनीहरुका फ्यानहरुले प्रतिक्रिया दिएका छन् ।

उनीहरु भन्छन,’कट्रिनालाई चलचित्रका साथै जीवनमा पनि सलमानले साथ दिउन।’

लगभग १७ लाखले लाइक गरेको उक्त फोटोलाई लिएर सलमान र कट्रिनालाई सबै भन्दा बेस्ट कपल भएको पनि प्रतिक्रिया आईरहेको छ । कुनै बेला साच्चिकै प्रेम सम्बन्धमा रहेको यो जोडी हाल भने राम्रो साथी मात्र भएको बताउछन ।

३५ बर्षीय कट्रिना र ५३ बर्षीय सलमान अझै अविवाहित छन् । कट्रिनाको उक्त पोस्टमा उनलाई ‘भावी’ भनेर कति फ्यानले सम्बोधन पनि गरेका छन् ।

एक कर्यक्रमकाबीच सलमानले कट्रिनालाई खान बन्ने मौका चुकाएको भन्दै व्यंग्य गर्दा अझै पनि सलमानले कट्रिनालाई चाहान्छन् कि भन्ने प्रश्न बेला-बेलामा उठ्ने गर्छ ।