खचाखच घरले भरिएको मखन टोलमा भिषण आगलागी
काठमाडौं, ३ फागुन । काठमाडौंको मखन टोलमा बिहीबार दिउँसो आगलागी भएको छ ।
जुद्ध वारूण यन्त्र बसन्तपुरका अनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी सुरु भएको थियो ।
बिस्तारै आगो अन्य घरमा पनि फैलिएको थियो । आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
