कक्षा ४ मा अध्ययनरत छात्राको बोतलमा कसरी पर्यो एसिड, पानी सम्झेर पिउदाँ छात्राको मृत्यु

एजेन्सी, २३ फागुन । भारतको नयाँ दिल्ली हर्ष विहार क्षेत्रमा कक्षा ५ मा अध्यनरत एक बालिकाको बोतलमा एसिड हालिएको थियो । उनले पानि सम्झेर एसिड पिउँदा उनको मुत्यु भएको छ ।

मुत्यु हुने उक्त बालिकाको नाम संजना भारती बताइएको छ । अहिल्यै उनी भखरै ११ वर्षकी भइन् भने पब्लिक स्कुलमा कक्षा ५ मा अध्यनरत थिइन् ।

मगंलबार संजना आफ्नो कक्षामा दिउँसो खाजा खादैं गर्दा चार कक्षाकी एक छात्राले कोल्ड ड्रिंक्सको बोतलमा पानी सम्झेर एसिड लिएर गएकी थिइन् । सजंनाले उनीसगँ उक्त एसिडलाई पानी सम्झेर मागेर पिउँदा यस्तो घटना भएको हो ।

यसरी पानी सम्झेर एसिड पिएपछि उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको गएराती नै मुत्यु भएको हो । डाक्टरले संजनाले पानीको ठाउँमा तेजाब पिएको बताउने बित्तिकै पुलिसलाई खबर गरिएको थियो । पुलिसले तेजाब राखिएको बोतललाई आफ्नो कब्जामा लिसकेको छ ।

सजंनाका परिवारले स्कुल प्रशासन र कक्षा ४ की छात्राको परिवारको लापरवाहीको आरोप लगाएका छन् । भने पुलिसले पनि कक्षा ४ मा पढ्ने छात्राको परिवारलाई आरोप लगाउँदै छात्राले पानीको ठाउँमा कसरी एसिड भरिएको बोतल स्कुल ल्याइन भन्नेबारे अनुसन्धान कार्य जारी राखेको छ ।