बिबिएल : सन्दीपले चौथो खेल खेल्दै, दोस्रो ओभरमै टम कुपरको विकेट लिए

काठमाडौं, १७ पुस । अब त लाग्न थाल्यो कि, सन्दिप लामिछानेले विकेट नलिएको खेल कस्तो होला । उनि जता जता जान्छन् चर्चा बटुल्छन् । जुन टिमबाट खेल्छन् चमत्कारै गर्छन् । त्यसैले त उनको डिमाण्ड आजकल ह्वात्तै बढेको छ ।

यतिबेला अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग खेलिरहेका छन् सन्दिप । लिगको चौथो खेलमा पनि लामिछाने विकेट लिएका छन् ।

मंगलबार भएको मेल्वर्न रेनेगडसविरुद्धको खेलमा टम कुपरलाई सन्दीपले आउट गरेका हुन् । उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन ।

जारी बिग ब्यासमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन् । तीमध्ये मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ ।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे । होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए । तेस्रो खेलमा सिड्नी सिक्सर्स्विरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वा्धिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा रहेका छन् ।