आज नेकपाले आफ्ना दुई नेताको संयुक्त श्रद्धाञ्जली सभा गर्दै

काठमाडाैँ, २३ फागुन । नेकपाले आज दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनप्रति संयुक्त शोकसभाको आयोजना गरेको छ ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्रीअधिकारी र स्वास्थ्य उपचारका क्रममा निधन भएका पूर्वअर्थमन्त्री अधिकारीको स्मरणमा नेकपाले शोक सभाको आयोजना गरेको हो ।

गत आइतबार बसेको नेकपाको सचिवालय बैठकले दुवै नेताको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको तर्फबाट संयुक्त रूपमा फागुन २३ गते शोक सभा गर्ने निर्णय गरेको थियो ।