मिस नेपाल श्रृखला खतिवडा बनिन वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर, औपचारिक घोषणा भोलि गरिने !

काठमाडौं, १७ पुस । मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएकी छन् । यसको औपचारिक घोषणा भने बुधबार गरिनेछ ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले मिस नेपाल २०१८ खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्तिको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने जानकारी दिए ।

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी श्रृंखला टप ५ बाट बाहिरिएकी थिइन् । चलचित्र क्षेत्रबाट अफर आए पनि त्यसलाई अस्वीकार गरेकी खतिवडाले सामाजिक क्षेत्रमा रुची रहेको बताउंदै आएकी छिन् ।