साबुन जुनसुकै रंगको होस् तर त्यसको फिँज सेतो नै किन हुन्छ ? यस्तो छ कारण
एजेन्सी । साबुन, हाम्रो जीवनमा दिनुहुँ प्रयोग हुने वस्तु हो । साबुन विभिन्न रंगका हुन्छन्, विभिन्न सुगन्ध राखिएका हुन्छन् । तर तपाईले कहिल्यै सोच्नु भएको छ कि साबुनको रंग रातो निलो हरियो जुनसुकै भएपनि यसबाट निस्कने फिँज किन सधैँ सेतो नै हुन्छ ? साबुन लगाइसकेपछि यसको रंग कता जान्छ ?
साबुनबाट निस्केको फिँजको रंग किन सधैँ सेतो नै हुन्छ ? यसको जवाफ जान्न स्कूलमा विज्ञान विषय पढ्दाको केही कुराहरु याद गर्नुहोस् । जस निकै साधारण तरिकाले बताइएको छ कि कुनै पनि वस्तुको आफ्नै रंग हुँदैन । कुनै पनि वस्तुमा जब प्रकाशको किरण पर्छ तब वस्तुले जुन रंग परावर्तन गर्न सक्छ त्यो वस्तुको रंग त्यस्तै देखिन्छ । सो नियमले भन्छ कि जब कुनै पनि वस्तुले सबै रंग एब्जर्ब गर्छ अथवा परावर्तन गर्न सक्दैन तब त्यसको रंग कालो देखिन्छ । अनि जब कुनै वस्तैले सबै रंगलाई परावर्तन गर्न सक्छ भने त्यसको रंग सेतो हुन्छ ।
यहि नियम साबुनको फिँजमा पनि लागू हुन्छ । सबुनको फिँच कुनै ठोस पदार्थ होइन । यो पानी, हावा र साबुनको सबैभन्दा सानो सानो अंश मिलेर बनेको एक प्रकारको पातलो तह हो । वास्तवमा साबुनको फिँच यस्तै सानो सानो गोलाकार पातलो तहबाट बनेको हुन्छ ।
साबुनको फिँजमा जब सूर्यको किरण पर्छ तब अलग अलग दिशामा परावर्तन हुन थाल्छ । अर्थात परावर्तन भएको सूर्यको किरण कुनै एक दिशामा नगई चारैतिर छरिन्छ । यसैकारण साबुनको कुनै एउटा ठूलो फिँचलाई हेरियो भने यो पारदर्शी तथा सप्तरंगी देखिन्छ । आकाशको रंग निलो देखिने कारण पनि यहि नै हो ।
साबुनको फिँज सानो सानो फिँज मिलेर बनेको हुन्छ । यो पनि यस्तै पारदर्शी र सप्तरंगी हुन्छ । तर यसमा सूर्यको किरण यति धेरै पटक परावर्तन हुन्छ कि हामीले यसमा सप्तरंगी किरण देख्न सक्दैनौँ । फिँजमा प्रकाशको किरण यति धेरै परावर्तन हुन्छ कि यसमा सबै रंगहरु परावर्तन हुन थाल्छन् । र यदि कुनै वस्तुले सबै रंग परावर्तन गर्छ भने त्यसको रंग सेतो देखिन्छ । यसैकारण साबुनको रंग सेतो देखिन्छ । रासस