पूर्वमुमा वडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह अस्पताल भर्ना
काठमाडौं, २२ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नराज्यलक्ष्मी देवी शाहलाई अस्पताल भर्ना गरिएको छ ।
९१ वर्षीया रत्नराज्यलक्ष्मी देवी शाह एक्कासी बिरामी भएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।
उहाँको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिले उहाँको स्वास्थ्यमा सुधार आएको छ ।
आमा बिरामी भएपछि पूर्वराजा शाहको बुधबारदेखि भ्रमणमा जाने योजना रोकिएको छ । उहाँ धनुषा, सर्लाही, सप्तरी र उदयपुर गरी चार जिल्लाको भ्रमण मा निस्कन तयार हुनुभएको थियो ।
पूर्वराजाको सचिवालयका अनुसार अर्को भ्रमणको भने मिति तोकिएको छैन ।
