घरबेटीसँग घुम्न गएका २४ वर्षीय प्रहरी जवान बेपत्ता भएको एक सातापछि मृतावास्थामा भेटिए !

काठमाडौँ , २२ फागुन । करिब एक सातादेखि बेपत्ता कलेस्ती अस्थायी प्रहरी पोष्टका एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्युठानका २४ वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगर मृत फेला परेका हुन् ।

ड्युटी सकेर घुम्न निस्किएका ठगेन्द्रको शव मंगलबार हराएको स्थानबाट केहि पर नहरमा फेला परेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाकारी दिए ।

करिब १० बजे राती ड्युटी सकिएपछि आफू बस्ने घरका घरबेटीसँग चिन्टुटार घुम्न गएका उनी फर्किने क्रममा बेपत्ता भएकाले घरबेटी शैलेन्द्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

करिब ३ महिना अघिमात्र ठगेन्द्र प्रहरी जवानको रुपमा कलेस्ती अस्थायी प्रहरी पोष्टमा आएको बताइएको छ ।