रोल्पाको दुई गाउँपालिका अध्यक्षको गाडीमा अज्ञात समुहद्वारा आगजनी

काठमाडौँ , २२ फागुन । मंगलबार राती राेल्पाकाे गंगादेव गाउँपालिका र त्रिवेणी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी गरिएको छ ।

गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगजनी गरिएको हो ।

गएराती करिब १२ बजे आफ्नै निवासमा राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

रातको समयमा दुवै गाउँपालिका अध्यक्षको गाडीमा आगजनी भएको सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलिले त्यसमा संलग्नको खोजि कार्य तिब्र पारेको छ ।

गाउँपािलकाका अध्यक्षको गाडीमा आगजनी गर्नुको कारणबारे केहि थाहा नभएको र अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।