यो सिजनको डिपीएलका लागि खेलाडी दर्ता प्रक्रिया आज सकिँदै

काठमाडौं, १७ पुस । गत पुस ४ गतेदेखि शुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया मंगलबार (आज) सकिँदैछ ।

योपटक खेलाडीले आफ्नो न्यूनतम् मूल्य राखेर दर्ता प्रक्रियामा आफूलाई सहभागी गराउन पाउने प्रावधान राखिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको मिति एक हप्ता पर धकेलिँदा खेलाडी ‘अक्सन’को मिति पनि पर सारिएको हो ।

डीपीएल क्रिकेट यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सन्चालन हुँदैछ ।