सन्दीपले मंगलबार गरे अहिलेसम्मकै खराब प्रर्दशन, लाहोरको अघिल्लो चरण प्रवेश लगभग सकियो !

एजेन्सी, २२ फागुन । पाकिस्तान प्रिमियर लिग(पीएसएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्बद्ध टिम लाहोर कलन्दर्स ४ विकेटले पराजित भएको छ ।

मंगलबार भएको खेलमा लाहोर कलन्दर्स पेशावर जाल्मीसँग ४ विकेटले पराजित भएको हो ।

अबुधावीमा टस हारेर पहिला ब्याटिङ थालेको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । १ सय २५ रनको सामान्य लक्ष्य पेशावरले १ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो ।

पेशावारको जितमा मिस्बाह उल हकले उत्कृष्ट ब्याटिङ गरे । हकले ५५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५९ रनमा नट आउट रहे । एवि डी भिलियर्स घाईते हुँदा फखार जमानले लाहोरको कप्तान गरेका थिए ।

खराव प्रर्दशन गरेका सन्दीपले २.१ ओभरमा २२ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । सन्दीपले आठौं ओभरमा ३ रन मात्र खर्चिए । उनले तीन सिंगल र तीन बल डट गराए । १० औं ओभरको पहिलो र दोस्रो बलमा मिस्बाह उल हकले सन्दीपलाई छक्का प्रहार गरेपछि १८ रन खर्चिन पुगे ।

१० औं ओभरमा महँगो सावित भएका सन्दीपलाई कप्तान जमानले अन्तिम ओभरमा रायन टेन डेस्काटे घाइतेभएपछि पाँचौ बल गर्न दिएका थिए । कुनै समय ६.२ ओभरमा २०-५ को कमजोर अवस्थामा पुगेको पेशावरलाई हकले कप्तान डारेन स्याम्मीसँग १ सय रनको सतकीय साझेदीरी गर्दै जित पक्का गरे ।

स्याम्मीले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए । पेशावरका अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । लाहोरका लागि शाहिन शाह अफ्रिदीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । डेविड विसा,रायन टेन डेस्काटे र राहत अलीले समान एक एक विकेट लिए ।

यो हारसँगै लाहोरको अघिल्लो चरणको संभावना लगभग सकिएको छ ।