झुटो आरोपमा बिगत ५ वर्षदेखि दुबईको जेलमा रहेका एक नेपाली छुट्दै, बिशाल हृदय भएका नेपालीहरुले जम्मा गरे ब्लडमनी

युएई, २२ फागुन । विगत ५ बर्षदेखि दुबईको जेलमा कैदी जीवन बिताइरहेकाएक नपाली जेलमुक्त हुने भएका छन् ।

रिहाइको लागि आवश्यक पर्ने ब्लड मनि जम्मा भएपछि तेह्रथुम ओयाक्जुङका खड्कबहादुर जोगी जेलमुक्त हुने भएका हुन् ।

खड्कबहादुर जोगी बचाउ अभियान समितिले परराष्ट्रमन्त्री प्रदिप ज्ञावली समक्ष आवश्यक ब्लड मनि २ लाख दिराम अर्थात् ६१ लाख ९४ हजार रूपैयाँ बुझाएको अभियानका संयोजक देव बास्कोटाले जानकारी दिए ।

जोगी आउँदो मार्च २७ सम्म आफ्नो ५ वर्षे जेल सजाय भुक्तान गर्दै छन् । ब्लडमनि बुझाएसँगै उनी कानुनी प्रकिया पुरा गरेर जेलमुक्त हुने भएका हुन् ।

दुबईको अल गर्फ डेभलेपमेन्ट कम्पनीमा कार्यरत उनी फिलिपिनी नागरिकको हत्या गरेको आरोपमा बिगत पाँच बर्षदेखि जेलमा छन् ।

ड्युटी जाने क्रममा उनीसँगै रहेका फिलिपिनी नागरिक गाडीबाट खसेको र कम्पनीका सुपरभाइजरको सहमति लिएर उनलाई अस्पताल लैजाँदै गर्दा घाइतेको मृत्यु भएको थियो ।

फिलिपिनी नागरिकको निधनलगतै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए।

तर उनलाई दुबईको उच्च अदालतले हत्या गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब ९६१ लाख ९४ हजार रुपैयाँ० मृतको परिवारलाई ब्लडमनि बुझाउनुपर्ने फैसला सुनाएको थियो ।