आजको राशिफल हेर्नुहोस : वि.सं.२०७५ साल फाल्गुन २२ गते । बुधबार । ईश्वी सन् २०१९ मार्च ०६ तारिख

वि.सं.२०७५ साल फाल्गुन २२ गते । बुधबार । ईश्वी सन् २०१९ मार्च ०६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन कृष्ण पक्ष । तिथि औषी,३६ घडी ०६ पला,बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र शतभिषा,२८ घडी ३० पला,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग सिद्ध,२२ घडि ०४ पला,दिउँसो ०३ बजेर १६ मिनेट उप्रान्त साध्य । करण चतुष्पद,बिहान ०७ बजेर ५२ मिनेट उप्रान्त नाग,बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा मानस योग । चन्द्रराशि कुम्भ । पञ्चक। अमावश्या। दर्शश्राद्ध। हलो र निशि बार्ने औंसी। द्वापरयुगादि। काठमाडौंमा सूर्योदय ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान २८ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ भने सानो सानो व्यावसाय गर्नेहरुले मनग्गे फाईदा कमाउन सक्नेछन् । आर्थिक अवस्था सुदृढ हुने हुनाले प्रगति पथको यात्रा तय गर्न सकिनेछ । बिभिन्न स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै मेहनेत गर्दा पनि सफलता हात लाग्नेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग सम्बन्ध राम्रो बनाउन सकिनेछ । माता पिताको सहयोग पाईने हुनाले अरुभन्दा एक कदम अगाडि बढि काम गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयको ख्याल नगर्दा कामहरु थाति रहने तथा आईसकेको कामपनि अरुलेनै फुत्काउँन सक्नेछन् । समयमा काम नबन्ने तथा खर्च बढ्ने हुँदा मानशिक तनाब बढ्नेछ । पढाई लेखाईमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सामान्य कुरामा चनाखो नबन्दा अग्रज तथा बौद्धिक व्याक्तित्वहरु तपाईदेखि टाडिने सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा एक अर्कालाई अनाबस्यक शंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ । स्थाई सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेमको डोरो कसिलो हुँनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कुनैपनि निर्णय गर्दा वा पहत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिमा ध्यान दिनुहोला पर्याप्त तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ । सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने लगानि डुब्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा कमजोर भएको आभास हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।