एकपटक हृदयघात भइसकेकाले बिचार गर्नु पर्ने कार्यहरु यस्ता छन्
खानपान लगायत जीवनशैली र नियमित परीक्षण सम्बन्धि ख्याल नभएको कारणले मानिस मुटुरोगको शिकार बनेका छन् । कतिपयलाई युवा अवस्थामा नै हृदयघात हुने गरेको पनि भेटिन्छ । एकपटक हृदयघात भैसकेकालाई दोहोर्याएर मुटुरोग बल्झिने वा पुनः हृदयघात हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । त्यसैले एकपटक हृदयघात भैसकेकाले फेरी यसलाई दोहोरिन नदिन के के गर्ने डा. अनिल भट्टराईले केहि सुझाब दिनुभएको छ ।
१) नियमित परीक्षण गराउने
२) धुम्रपान र मद्यपान नगर्ने
३) तनावमुक्त रहने
४) शरीरको तौल सन्तुलनमा राख्ने
५) कोलस्ट्रोललाई बढ्न नदिने
६) रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने
७) चिल्लोजन्य, बोसो र बढि कार्वाेहाइडेड भएको खाने कुरा नखाने
८) नियमित शारीरिक व्ययाम गर्ने (मुटुको अवस्था अनुसार)
९) चिसोबाट जोगिने (बिहान बेलुका चिसोमा घर बाहिर ननिस्कने)
१०) भिटामिन ए र डीको मात्रा सन्तुलन राख्ने
