मनाङको आइस लेकमा अनमोल र सुहानाको हट तस्बिर, देखियो लोभलाग्दो केमेष्ट्री ! (तस्विर सहित)

काठमाडौँ, १७ पुस । चलचित्र ‘ए मेरो हजुर ३’ को एउटा गितको छायांकन मनाङको आइस लेकमा गरिएको छ ।

अभिनेत्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिनँ म’ बोलको गीतको छायांकन मनाङको आइस लेकमा गरिएको हो ।

यसै चलचित्रबाट डेब्यु गरेकी झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसीको रोमान्टिक तस्बिरहरु सार्बजनिक भएका छन् । निकै आकर्षक तरिकाले खिचिएको तस्विरमा सुहाना र अनमोलको लोभलाग्दो केमेष्ट्री देख्न सकिन्छ ।

४ हजार ७५ मिटर उचाइमा छायांकन गरिएको यस गितमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत छ । गीतमा राहुल शाहले कोरियोग्राफी गरेका छन् ।

अनमोल केसी र सुहानाको मुख्य अभिनय रहने यस चलचित्रमा सलोन बस्नेत, अर्पण थापा लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

तस्बिर हेर्नुहोस् :