हात्तीले मानिसलाई किचेको भिडियो रातारात भाइरल ! (भिडियोसहित)
केरला, २१ फागुन । भारतको केरला राज्यमा हात्ती स्याहारिरहेका एक मानिसको हात्ती ढलेर थिच्दा मृत्यु भएको छ ।
घर नजिकै रहेको हात्तीलाई अरुन पनिककार नाम गरेका व्यक्तिले पानीले नुहाइदिन खोजिरहेका हुन्छन् । हात्ती सरेर उनी भएको तर्फ आउँछ र च्यापिन पुग्छन् ।
उनले हात्तीलाई डोरीले तानेर जमिनमा बसाउन खोजेका हुन्छन् । तर हात्तीले ब्यालेन्स गुमाउँछ र उनी भएको तर्फ नै ढल्छ ।
खुटटा च्यापिएसँगै उनीमाथि हात्ती ढलेको भिडियो फुटेजमा देखिन्छ । उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।
भिडियो हेर्नुहोस्-
