‘हेराफेरी-३’मा अन्तिम पटक देखिदैछन् स्वर्गीय कादर खान !

एजेन्सी, १७ पुस । चर्चित अभिनेता तथा संवाद लेखक कादर खानद्वारा अभिनित फिल्म ‘हेराफेरी -३’ रिलिजको संघारमा रहँदा उनि भने हामीमाझ रहेनन् । ३०० भन्दा बढी फिल्ममा काम गरिसकेका कादरको क्यानाडाको एक अस्पतालमा उपचारकै क्रममा सोमबार निधन भएको छ ।

निरज वोरा, अहमद खानको निर्देशनमा बनिरहेको फिल्म ‘हेराफेरी-३’ लाई लिएर दर्शकमा अझै पनि निकै उत्साह छ । यस फिल्ममा एक तर्फ परेश रावलको कमिक टाइमिङ देखाइन्छ त त्यहिँ कादर खानको अभिनयको तड्का पाइन्छ । फिल्म ‘हेराफेरी-३’ जुलाई २०१९ मा दर्शक माझ आउँने भएको छ ।

९० को दशकमा गोविन्दा र कादर खानको जोडीलाई हिट फर्मूला मानिन्थ्यो र यि दुईले ‘दुल्हे राजा’, ‘कुली नं १’, ‘राजा बाबु’ र ‘आँखे’ जस्तो फिल्ममा साथै काम गरेका थिए । यस बाहेक उनले ‘कुली’ मा अमिताभको साथ, ‘हिम्मतवाला’ मा जितेन्द्रको साथ महत्वपुर्ण भूमिका निभाइसकेका छन् ।