पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह विरामी, नर्भिक अस्पताल भर्ना

काठमाडौँ, २१ फाल्गुन । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य स्थिति खराब भएपछी अस्पताल भर्ना गरिएको छ । उहालाई पखाला र ज्वरोको समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो।

राजा महेन्द्रकी श्रीमती रत्न उनका छोरा राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि नारायणहिटी राजदरबारस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्। उनको उपचार भइरहेको चिकित्सकले बताएका छन ।